• २०८१ बैशाख २१ शुक्रबार

अछाममा अटो दुर्घटना- ३ जना घाइते

kharibot

अछाम । अछाममा आज अटो दुर्घटना भएको छ ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनको ढोगदिना भन्ने ठाउँमा सु.प.प्र.०१/००१ ख ५५ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको हो ।

अटो दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा अटोमा सवार बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनका अन्दाजि ३८ वर्षीय नृप ओड, बान्नीगढी जयगढ गाउँपालिका–५ का २८ वर्षीय टंक साउँद र सोही पवालिकाको–२ का अटो चालक २३ वर्षीय हेमराज साउद घाइते भएका छन् । घाइते तीनै जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते भएका ओडको अवस्था मध्यम र बाँकि दुई जनाको अवस्था सामान्य रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै