• २०८१ बैशाख १५ शनिबार

नक्कली प्रमाण पत्र लिएर एमबीबीएस पढिरहेका विद्यार्थी पक्राउ

kharibot

चितवन । शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनलाई चितवनबाट बिहीबार राति पक्राउ गरेको हो ।

 चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत सप्तरीको राजविराज–७ का नसिम अख्तरलाई नक्कली प्रमाणपत्र बनाएर अध्ययन गरेको आरोपमा पक्राउ गरेको हो ।

उनीमाथि आइएससी उत्तीर्ण भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ । अख्तर विसं २०७२ सालमा एमबिबिएस भर्ना भएका थिए । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले राति पक्राउ गरिएका उनलाई काठमाडौँ लगिँदै गरेको जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै