• २०८१ बैशाख २१ शुक्रबार

राष्ट्रिय खेलकुद परिषद् कर्मचारीको आन्दोलन जारी

kharibot

काठमाडौं । बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषदका कर्मचारीले आफ्नो आन्दोलनलाई जारी राखेका छन् ।

गत २२ साउनमा संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो। तर, माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघको नेतृत्वमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

गत २५ साउनमा पत्रकार सम्मेलन गरेर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । तर, मागबारे सुनुवाइ नभएपछि २६ साउनदेखि आन्दोलनमा उत्रिएका परिषदका कर्मचारीले आफ्नो संघर्षलाई आइतबारसम्म जारी राखेका छन् । पाखुरामा कालोपट्टी बाँधेर आफ्नो नियमित काम गर्नेदेखि पेनडाउनसम्मका आन्दोलन गरेका उनीहरुले परिषदमा कार्यरत प्राविधिक एवं प्रशासनिक कर्मचारीहरुको बढुवा प्रक्रिया यथाशीघ्र प्रक्रियाअगाडि बढाउन माग गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै