• २०८३ बैशाख ३१ बिहीबार

अमेरिकालाई हराउदै स्कटल्याण्ड लिग- २ को शिर्ष स्थानमा उक्लियो

अमेरिकालाई हराउदै स्कटल्याण्ड लिग- २ को शिर्ष स्थानमा उक्लियो

काठमाडौँ । स्कटल्याण्डले अमेरिकालाई डिएलएस मेथड अनुसार २ रनले पराजित गरेको छ ।

बर्षाले प्रभावित खेलमा अमेरिकालाई ३२ रनमा २४९ रनको लक्ष्य तय गरिएकोमा अमेरिकाले ३२ ओभरमा ८ विकेट गुमाउदै २४६ रन बनाएपछि स्कटल्याण्डले खेल २ रनले जितेको हो ।

अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले १०४ रनको शतकीय पारी खेलेका थिए भने समित पटेलले ७२ रन बनाएका थिए ।

यसअघि स्कटल्याण्डले टस हारेर पहिला ब्याटिंग गर्दै ४७ ओभरमा ६ विकेट गुमाएर ३२१ रन बनाएको हो । बर्षाले प्रभावित हुदा यो खेल ४७ ओभरमा खेलाइएको छ ।  स्कटल्याण्डका लागि फिनले म्याकक्रीथले सर्बाधिक ७७ रन बनाए भने म्याथ्यु क्रसले ५८ र ब्राण्डम म्याकुलेनले ५५ रन बनाएका थिए । त्यस्तै अमेरिकी बलर सौरभ नेत्राभल्कर र जसदीप सिंहले २-२ विकेट लिएका थिए ।

यो जितपछि स्कटल्याण्ड डिभिजन लिग- २ को शिर्ष स्थानमा उक्लिएको छ । स्कटल्याण्डको ३० खेलमा ३८ अंक भएको छ । त्यस्तै अमेरिकाको २५ खेलमा ३६ अंक रहेको छ र दोस्रो स्थानमा झरेको छ ।

अब यस सिरिज अन्तर्गत शनिबार नेपाल र अमेरिकाबीच खेल हुने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै