• २०८१ बैशाख १८ मंगलबार

मिचेल ओबामा राष्ट्रपतिको 'सरप्राइज' उम्मेदवार बन्नसक्ने !

kharibot

वाशिंगटन । अमेरिकामा अर्को वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरूमा चर्को बहस जारी रहेको छ । पार्टीको प्राइमरी अर्थात् चुनावी बैठक अर्को महिनादेखि सुरु हुँदैछ । राष्ट्रपति जो बाइडेनले सत्तारुढ डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गरेका छन् ।

तर बाइडेनको घट्दो विश्वसनीयता र बढ्दो उमेरका कारण डेमोक्र्याटिक पार्टीका केही नेताहरूले उनको दाबीलाई कमजोर ठानिरहेका छन् ।

पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामालाई अहिले डेमोक्रेटक भित्र 'सरप्राइज' उम्मेदवारको रुपमा हेरिएको छ । कनेक्टिकटबाट डेमोक्र्याटिक पार्टीका कंग्रेसनल प्रतिनिधि जिम हाइम्सले मिशेलको छवि क्यारिज्म्याटिक रहेको बताएका छन् ।

न्यूयोर्कका प्रमुख डेमोक्र्याटिक नेता इन्ग्रिड लुइसले बाइडेनले राम्रो काम गरे पनि ८१ वर्षीय राष्ट्रपति बाइडेनको स्वास्थ्य कमजोर रहेको बताएकी छन् । कहिले विमान चढ्ने क्रममा, कहिले साइकल चढ्ने क्रममा बाइडेन खसेको भिडियो भाइरल भइरहेको छ ।

इन्ग्रिडले यसले मतदातालाई पनि असर गर्ने बताएकी छन् । आठ वर्षदेखि अमेरिकाको प्रथम महिला रहेकी मिशेल निकै सक्रिय भए पनि उनी राजनीतिक मोडस अपरेन्डीमा पनि जानकार छिन् । हालैको सर्वेक्षणमा बाइडेनको लोकप्रियता रेटिङ ३९ प्रतिशतमा झरेको छ । उनी अमेरिकाको ७५ वर्षको इतिहासमा सबैभन्दा अलोकप्रिय राष्ट्रपति बनेका छन् । ट्रम्प, ओबामा, बुश जुनियर, वा क्लिन्टनको लोकप्रियता ५० प्रतिशत भन्दा कम कहिल्यै भएको थिएन ।

मिशेल ओबामा ट्रम्पको एजेन्डाको जवाफ हुनेमा केहि कारणहरु अहिले चर्चामा रहेका छन् ।

मिशेलले डेमोक्र्याटिक पार्टीको कन्भेन्सनमा आफ्नो दाबी पेश गर्नुपर्नेछ । यो पार्टीको महाधिवेशन अगस्ट २०२४ मा हुनेछ । मिशेलको आगमनसँगै, डेमोक्र्याट मिशेल-कमला जोडीले सबै-महिला कथा सिर्जना गर्नेछ । अमेरिकामा अहिलेसम्म कुनै महिला राष्ट्रपति बन्न सकेको छैनन्, यसको फाइदा उनले उठाउन सक्ने विश्लेषण गरिएको छ ।

त्यस्तै ट्रम्प कट्टरपन्थी गोरा जातिवादका समर्थक हुन्, जबकि मिशेल उदारवादी र अमेरिकाका सबै समुदायका लागि समान अधिकारको समर्थक हुन् । त्यसैगरी ट्रम्पले बाइडेनको बढ्दो उमेरलाई ठूलो मुद्दा बनाइरहेका छन्, मिशेल चुनावी मैदानमा उत्रिएमा ट्रम्पको हातमा यो मुद्दा रहनेछैन ।

साथै मिशेलको आगमनसँगै, डेमोक्र्याटिक पार्टीले सत्ता विरोधी कारकको सामना गर्नुपर्दैन, पार्टीले दोस्रो कार्यकाल पाउन सहज हुने छ ।

त्यस्तै अर्को प्रमुख कारण मिशेलको बोल्ने तरिका पनि हो । उनको सार्बजनिक प्रस्तुति प्रष्ट र आकर्षक छ, जसले अमेरिकी मतदातालाई नयाँपन र आकर्षित गर्न सक्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै