• २०८१ बैशाख १५ शनिबार

कोभिडपछि उत्तर कोरियाको पहिलो अन्तर्राष्ट्रिय उडान बेजिङ

kharibot

काठमाडौँ । उत्तर कोरियाको एयर कोर्योले कोभिडपछि पहिलो अन्तर्राष्ट्रिय उडान भरेको छ । कोभिड–१९ महामारी शुरु भएदेखि उत्तर कोरियाले आज तीन वर्षपछि पहिलो व्यावसायिक उडान गरेको हो ।

ट्रयाकिङ याप फाइट मार्टरका अनुसार प्योङयाङबाट उडेको एयर कोर्यो मङ्गलबार बिहान ९ बजे (१ः०० जिएमटी) चीनको बेजिङ अवतरण गरेको छ । एयर कोर्यो उत्तर कोरियाको ध्वजावाहक जहाज हो । कोरियाले कडा सीमा नियन्त्रण गर्नुअघि यस जहाजले अन्तिम पटक सन् २०२० को शुरुमा पहिलो पटक विदेशमा व्यावसायिक उडान सुरु गरेको थियो ।

चीनको विदेश मन्त्रालयले सोमबारदेखि अन्य देशका राष्ट्रिय ध्वजावहाक उडानहरूलाई पुनः सञ्चलान अनुमति दिएको बताएको थियो । उडान पुनः सञ्चालन भएसँगै एयर कोर्योको भावी उडान तालिका तत्काल स्पष्ट पारिएको छैन ।

यद्यपी एयर कोर्योले आगामी शुक्रबार रसियाको भ्लाडिस्भोस्तोकमा उडान भर्ने कूटनीतिक स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यसअघि एयर कोर्योले कुनै विस्तृत जानकारी नदिइकन पूर्व निर्धारित बेजिङको उडान सोमबार रद्ध गरेको थियो ।

उत्तर कोरियाले महामारीका बेला लगाइएको प्रतिबन्ध केही खुकुलो पार्दै लगेको छ। ऐतिहासिक सहयोगी एवं मुख्य आर्थिक साझेदार छिमेकी चीन लगायत मुलुकसँग शिलबन्दीको दायरा कम गर्दै लगेको हो । 

चिनीया र रुसी अधिकारीहरु गत महिना उत्तर कोरियाको प्योङयाङ गएका थिए । कोरियाली युद्धविरामको भएको ७० औं वार्षिकोत्सवका अवसरमा महामारीपछि ती देशका उच्चअधिकारीको पहिलो भ्रम भएको हो । सन् १९५०–५३ भएको कोरियाली युद्धको चलेको थियो । गत साता उत्तर कोरियाली खेलाडीहरु काजकिस्तानमा हुने तेक्वन्दो प्रतियोगितामा भाग लिन चीनको सीमा पार गरेर बसमार्फत त्यहाँ गएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै