• २०८१ बैशाख १६ आइतबार

तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा परिवर्तन हुन्छ- मन्त्री बस्नेत 

kharibot

पाटन, (ललितपुर) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन् । 

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० मा भएका विकास निर्माणसम्बन्धी कार्यक्रमको वार्षिक समीक्षामा उनले नेपालको मेडिकल शिक्षा अन्तर्राष्ट्रियस्तरमा राम्रो छ भन्ने सन्देश रहेको बताए । 

“नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तर्राष्ट्रियस्तरमा भनिरहेको अवस्था छ । माल्दिभ्सका मन्ीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावरण मिलाइदिनुस् भनेर अनुरोध गर्नुभएको छ”, मन्त्री बस्नेतले भने, “हामीले यहाँ मेडिकल शिक्षा सहजरूपमा दिने वातावरण नमिलाउने हो भने पाँच वर्षपछि डाक्टर र नर्सको अभाव हुन्छ । यो कुरालाई ध्यान दिएर स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने हो । अब तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्छु ।”

मन्त्री बस्नेतले जनप्रतिनिधिहरूले पनि काम गरेको छ है भन्ने गरी जनताले अनुभूति गर्नेगरी काम गर्ने प्रष्ट पारे । उनले अहिले सरकारी अस्पतालमा सेवा राम्रो भएका कारण बिरामीको चाप बढ्न थालेको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै