• २०८१ बैशाख १५ शनिबार

सिरी ए मा इन्टर मिलानको लगातार तेस्रो जित

kharibot

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले फ़िओरेन्टिनामाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा इन्टर मिलानले फ़िओरेन्टिनालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा लाउतारो मार्टिनेजले २ गोल गरेका थिए भने मार्कस थुराम र हाकान काल्हानोग्लुले एक एक गोल गरेका थिए ।

यो इन्टर मिलानको यस सिजनमा लगातार तेस्रो जित हो । यो जितपछि इन्टर मिलानको ३ खेलमा ९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी फ़िओरेन्टिनाको भने यस सिजनमा यो पहिलो हार हो । यो हारपछि फिओरेन्टिनाको ३ खेलमा ४ अंक रहेको छ र लिगमा आठौ स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै