• २०८१ बैशाख २० बिहीबार

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशसँग बयान

kharibot

काठमाडौँ । सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ ।

सीआईबीका अधिकारीहरूले पुनलाई कार्यालयमै बोलाएर सुन तस्करी प्रकरणमा बयान लिएका हुन् । अनुसन्धानको क्रममा सुन तस्करीमा मुछिएकाहरुसँग पुनको सम्पर्क देखिएपछि बयान लिइएको सीआईबीका स्रोतले जानकारी दिएको छ ।

नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका पुनसँग सीआईबीले सोमबार बयान लिएको हो ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी नेताहरुसँग सम्पर्क देखिएको छ । भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले प्रहरी हिरासतमा छन् ।

राजश्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो । सो प्रकरणमा सुरुमा विभागले नै अनुसन्धान गरेको भएपनि पछि सीआईबीलाई अनुसन्धानको जिम्मा दिइएको थियो । सुन तस्करी प्रकरणमा अहिलेसम्म २६ जना पक्राउ परिसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै