• २०८१ बैशाख १५ शनिबार

नेविसंघले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा

kharibot

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ । 

बुधबार एक विज्ञप्ति जारी गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले गृहमन्त्रीको राजीनामा मागेका हुन् । 

काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटनाप्रति नेविसंघले आपत्ति जनाउँदै गृहमन्त्री श्रेष्ठले नागरिकको ज्यान रक्षा गर्न असफल भएको पुष्टि भएकाले राजीनामाको माग गरेको छ ।

सहमहामन्त्री यादवमाथि बुधबार दिउँसो खुकुरी प्रहार भएको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै