काठमाडौँ । अर्जेन्टिनाले विश्वकप क्वालिफायरमा विजयी शुरुवात गरेको छ ।
शुक्रबार दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौटको पहिलो खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
अर्जेन्टिनाको जितमा लियोनेल मेसीले खेलको ७८औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । मेसीको अर्जेन्टिनाका लागि १२२ खेलमा यो १०४औ गोल हो ।
यो जितसँगै अर्जेन्टिनाले विश्वकप छनौटमा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
आजै भएका दक्षिण अमेरिकी देशको विश्वकप छनौटका अन्य खेलमा कोल्मबियाले भेनेजुएलालाई १-० गोल अन्तरले पराजित गरेको थियो भने पराग्वे र पेरुबीचको खेल गोलरहित बराबरीमा रोकिएको थियो ।