• २०८१ बैशाख २३ आइतबार

अनमोल केसीको नयाँ फिल्म ‘फर्की फर्की’ को घोषणा

kharibot

काठमाडौँ । अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘फर्की फर्की’ को टिजरसहित घोषणा गरिएको छ ।

निर्माण पक्षले टिजरमा अनमोललाई मात्र देखाइएको छ भने फिल्ममा अनमोलको अपोजिट जसिता गुरुङ रहने उल्लेख गरिएको छ । फिल्मको लेखन तथा निर्देशक सुयोग गुरुङको रहनेछ ।

रोहित अधिकारी र ओम अग्रवालले निर्माण गर्न लागेको फिल्मको सह-निर्माताको रुपमा मनोज वली र राम न्यौपाने छन् । आलोक शुक्लाको छायांकन रहने फिल्ममा रोमन बज्रचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, रोमन बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र निर्देशक गुरुङ स्वयंको सम्पादन रहनेछ । प्लरेम कथामा निर्माण हुन लागेको फिल्म अर्को २०२४ मा प्रदर्शन हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै