• २०८१ बैशाख १६ आइतबार

नेइमारले तोडे पेलेको किर्तिमान

kharibot

काठमाडौँ । नेइमार ब्राजिलका लागि सर्बाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा ब्राजिलको ५-१ को जितमा नेइमारले २ गोल गर्दै ब्राजिलका लागि सर्बाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।

नेइमारले ब्राजिलका महान खेलाडी पेलेको किर्तिमान तोडेका हुन् । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका थिए । उनले ब्राजिलका लागि १९५७ देखि १९७१ सम्म खेलेका थिए ।

नेइमारले भने १२५ खेलमा ब्राजिलका लागि ७९ गोल गरेका छन् ।

त्यस्तै ब्राजिलका लागि रोनाल्डोले ९८ खेलमा ६२ गोल गरेका छन् भने रोमारियोले ७० खेलमा ५५ गोल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै