• २०८१ बैशाख १५ शनिबार

बक्स अफिसमा जवानको शानदार शुरुवात, दुई दिनमा कमायो सय करोड

kharibot

काठमाडौँ । बलिवुडका सुपरस्टार अभिनेता शाहरुख खानको नयाँ फिल्म जवानले भारतीय बक्स अफिसमा आक्रामक शुरुवात गरेको छ ।

विहिबार रिलिज भएको जवानले दुई दिनमा सय करोडको कमाई गरेको छ । पहिलो दिन ६५.५० करोड भारु कमाई गरेको जवानले दोस्रो दिन ४६.२३ करोड भारु कमाई गरेको छ ।

जवानले दुई दिनमा १११.७३ करोड भारु कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्सले जानकारी दिएका छन् । आदर्शले फिल्मले शनिबार र आइतबार गरि साढे २ सय करोड कमाई गर्न सकेन अनुमान गरेका छन् । 

हिन्दी, तमिल र तेलुगु गरी ३ भाषामा रिलिज भएको शाहरुखको यस फिल्मले उनको यसअघि रिलिज भएको फिल्म पठानको पहिलो दिनको कमाईको रेकर्डलाई तोडेको थियो । साथै यो कुनै पनि बलिवुड फिल्मले पहिलो दिन कमाएको अहिलेसम्मको सबैभन्दा बढी हो ।

गत जनवरी २५ मा रिलिज भएको पठानले पहिलो दिन ५७ करोड कमाई गरेको थियो ।

जवान फिल्म भारतीय बक्स अफिसमा अहिलेसम्मका सबै रेकर्ड तोड्ने अनुमान गरिएको छ । अहिलेसम्म सबैभन्दा बढी कमाई गर्ने रेकर्ड शाहरुखकै फिल्म पठानको नाममा छ,  जसले ५४३.०५ करोड भारु कमाई गरेको थियो । त्यस्तै त्यसपछि बहुबाली-२ र गदर-२ ले ५१० करोड कमाई गरेका छन् ।

फिल्म ‘जवान’मा शाहरुख खान बाहेक दीपिका पादुकोण, नयनथारा, विजय सेतुपति, प्रियामणि, सान्या मल्होत्रा, सुनील ग्रोवर जस्ता कलाकारहरुको अभिनय रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै