• २०८१ बैशाख २९ शनिबार

डोपिङ टेस्टमा पोजेटिभ देखिए पाउल पोग्वा

kharibot

काठमाडौँ । फ्रेन्च मिडफिल्डर पाउल पोग्वा डोपिङ टेस्टमा पोजेटिभ पाइएका छन् ।

अगस्त २० मा भएको डोपिङ टेस्टमा पोजेटिभ देखिएपछि पोग्वालाई इटालीको नेशनल एन्टी डोपिङ ट्रीबुनलले अल्पकालीन प्रतिबन्ध लगाएको छ ।

उनी खेल्ने क्लब युभेन्टसले पनि यस बारेमा जानकारी दिदै क्लबले यस बारेमा प्रक्रियागत निर्णय लिने जनाएको छ । पोग्वाका एजेन्ट राफाएला पिमेन्टाले पनि यस विषयमा विज्ञप्ति जारी गर्दै पोग्वालाई प्रोभिजनल रुपमा सस्पेन्ड गरिएको उल्लेख गरेका छन् ।

पोग्वा प्रतिबन्धित औषधि 'टेस्टोस्तेरोने' मा पोजेटिभ पाइएको बताइएको छ । डोपिङ टेस्ट पोजेटिभ पूर्ण रुपमा प्रमाणित भएमा उनलाई चार बर्षसम्मको प्रतिबन्ध लाग्न सक्ने व्यवस्था रहेको छ ।

पछिल्लो समय इन्जुरी र पारिवारिक विवादका कारण पोग्वा नियमित फुटबल खेल्न सकिरहेका छैनन् । उनले युभेन्टसका लागिगत सिजनमा केवल १२ खेल मात्र खेलेका थिए । यसै बीच केहि दिनअघि उनले फुटबलबाट सन्यास लिने समेत बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै