• २०८१ बैशाख १४ शुक्रबार

कुमारी बैंकले थप्यो एकै दिन १० वटा शाखा 

kharibot

काठमाडौं । कुुमारी बैंकले आफ्नो सेवा बिस्तार गर्ने क्रममा एकैपटक नेपालका दुर्गम स्थानमा १० शाखा खोलेको छ ।

बैंकले ललितपुरको भट्टेडाँडा, बैतडीको डीलासैनी, धादिङको सिद्धलेक, तनहुँको घिरिङ, रसुवाको आमाछोदिङ्गबो, स्याङजाको हरिनास, महोत्तरीको भ‘गाहा, गुल्मीको कालीगण्डकी, तनहुँको ऋषिङ्ग र उदयपुरको बेलकामा शाखा खोलेको हो ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पु¥याउने योजना बनाएको छ ।  

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७४ वटा शाखाहरु, ६१ वटा एटिएम्हरु तथा २ वटा एक्सटेन्सन काउण्टरहरुद्घारा सेवा दिइरहेको छ ।

थप १० वटा शाखा पश्चात बैंकको कुल शाखा सञ्जाल ८४ पुगेको छ । त्यस्तै बैंकले अत्याधुिनक प्रविधियुुक्त इन्टरनेट बैंकिंङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा तथा भाईबर बैंकिंङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै