• २०८१ बैशाख १५ शनिबार

कुमारी बैंकलाई 'एक्सलेन्स इन कन्जुमर कार्ड्स- क्रेडिट' अवार्ड

kharibot

काठमाडौँ । कुमारी बैंकले 'एक्सलेन्स इन कन्जुमर कार्ड्स- क्रेडिट' अवार्ड पाएको छ ।  

भिसा इन्टरनेसनलद्वारा आयोजना गरिएको‘लिडरसिप कनक्लेभ २०२३’ सम्मेलनमा कुमारी बैंक लिमिटेडलाई ‘एक्सलेन्स इन कन्जुमर कार्ड्स( क्रेडिट’ अवार्डले सम्मानित गरिएको हो । 

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ विस्तारित काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै