• २०८१ बैशाख १८ मंगलबार

गोदावरी पर्यावरणका हिसाबले देशकै नमूना ठाउँ हो- मन्त्री किराती

kharibot

ललितपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ललितपुरको गोदावरी क्षेत्र पर्यावरणका हिसाबले देशकै नमूना भएको बात्येका छन् ।

गोदावरी नगरपालिका–३ कार्यालयले आज यहाँ आयोजना गरेको बृहत् सरसफाइ कार्यक्रममा सहभागी हुँदै उनले विश्वमा नपाइने जडीबुटी तथा वनस्पति पाइने भएकाले सबैलाई यहाँ घुम्न र अवलोकन गर्न आग्रह गरे ।

“गोदावरी पर्यावरण क्षेत्रका हिसाबले देशकै नमूना ठाउँ हो”, मन्त्री किरातीले भने, “जडीबुटी र वनस्पतिले भरिपूर्ण गोदावरी क्षेत्रमा सबै अवलोकनका लागि आउनुपर्ने देखिन्छ ।”

यस क्षेत्र पर्यटनका लागि पनि देशकै नमूना भएकाले सुन्दर बनाउनुपर्ने भन्दै उनले जोड दिए । मन्त्री किरातीले पछिल्लो समय डेङ्गु डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण बढ्दै गएकाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा वडाध्यक्ष सानोराज घिमिरेले वडा नं ३ मा मात्र नभएर हरेक क्षेत्रमा फोहरको उचित व्यवस्थापन गरी टोललाई सफा राख्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा मन्त्री, जनप्रतिनिधि, सरसफाइ अभियानकर्ता, स्थानीय, कर्मचारी, व्यावसायिक र प्रहरीको सहभागिता थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै