• २०८१ बैशाख १५ शनिबार

घुमुवा प्रहरी भन्दै धनुषामा पैसा खोसेर भाग्न खोज्ने व्यक्ति पक्राउ

kharibot

जनकपुरधाम । आफूलाई घुमुवा प्रहरी भन्दै रुपैयाँ खोसेर भाग्न खोज्ने एक धनुषा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रहेका छन्। उनीसँगै रहेका अर्का एक व्यक्ति भने फरार रहेको र उनको पनि खोजी गरिरहेको धनुषा प्रहरीले जनाएको छ।

धनुषाको विदेह नगरपालिका ३ चिकनास्थित ज ७ प ६०८६ नम्वरको मोटरसाइकलमा जनकपुरधाम २४ सोनापराका सुरज मण्डल, सुमित कुमार राम र विदेह नगरपालिका ८ का फेकुन मण्डलबाट आफूलाई घुमुवा प्रहरी भन्दै धाक लगाएर ४ हजार रुपैया खोसेर भाग्न खोज्दा अमरेश पक्राउ परेको बताइएको छ।

अमरेशले चलाएको ज १० प ३७०५ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै