• २०८१ बैशाख १५ शनिबार

विपक्षी गठबन्धनले भाजपाको एजेन्डामा चल्ने टिभि कार्यक्रमलाई बहिष्कार गर्ने 

kharibot

काठमाडौं । भारतीय विपक्षी गठबन्धनले घृणा फैलाएको र सत्तासिन दलको पक्षधरता गरेको आरोप लगाउँदै केही टेलिभिजन समाचार प्रस्तोतालाई बहिष्कार गर्ने प्रतिबद्धता जनाएका छन् ।

सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदी सदस्य रहेकोे भारतीय जनता पार्टी (भाजपा) ले सत्ता सम्हालेदेखि नै अधिकारकर्मी र अधिकारवादी समूहले प्रेस स्वतन्त्रतामाथि आवाज उठाउँदै आएका छन् ।

विपक्षी राजनीतिज्ञहरूले भारतको ‘केबल न्युज शो’हरू भाजपाको एजेन्डामा चल्ने गरेको आरोप लगाएका छन् । उनीहरूले मुस्लिम र इसाई अल्पसङ्ख्यकविरूद्ध ध्रुवीकरण गर्ने खालका कार्यक्रम पनि समावेश गर्नेगरेको विपक्षी नेताहरूले आरोप लगाएका छन् । 

भारतीय काङ्ग्रेसका प्रवक्ता पवन खेराले बिहीबार एक भिडियो वक्तव्य जारी गर्दै भने,  “हामी घृणाले भरिएको यो कथालाई वैधता दिन चाहँदैनौं, जसले हाम्रो समाजलाई कमजोर बनाइरहेको छ ।”

उनले यस प्रसङ्गलाई थप जोड, “हामी घृणाका यी शोरुमहरूमा भाग लिने छैनौं ।” काङ्ग्रेसले दुई दर्जनभन्दा बढी भारतीय दलहरूको गठबन्धन गरी आगामी निर्वाचनमा जाने घोषणा गरिसकेको छ । यसले अर्को वर्ष हुने राष्ट्रिय चुनावअघि भाजपाविरूद्ध एकीकृत विकल्प प्रदान गर्ने आशा विपक्षी दलहरूले गरिरहेका छन् । 

मोदीको पार्टीले आगामी निर्वाचनमा पनि जित निकाल्ने अपेक्षा गरिएको छ । विपक्षी समूहले आफ्ना सदस्यहरू भारतका केही लोकप्रिय टिभी समाचार व्यक्तिसहित १४ प्रस्तोताहरूको कार्यक्रममा उपस्थित नहुने बताएको छ । 

उग्र र जुझारु बहस कार्यक्रमहरू भारतीय केबल समाचारहरूको एक प्रमुख आकर्षण हो । कहिलेकाहीं एक दर्जन वा बढी वहसकर्ताहरू दर्शकको ध्यान खिच्ने वहसमा आफ्ना तर्कहरू प्रस्तुत गर्नेगर्छन् । 

विपक्षी दलहरूले लामो समयदेखि सञ्जालहरूले निष्पक्षताका आधारभूत मापदण्डहरू पालना गर्न नसकेको र आफ्ना गतिविधिहरूलाई अनुचित रूपमा नकारात्मक प्रकाशमा प्रस्तुत गरेको आरोप लगाउँदै आएका छन् ।

आजतकका सुधिर चौधरीले प्रस्तोतामाथि प्रहार गरेको भन्दै गठबन्धनको खिल्ली उडाएका छन् । 

तर विपक्षी सांसदहरूले आलोचनात्मक प्रश्नहरूको सामना गर्न इन्कार गर्नुले समाचार संस्थाहरूलाई ‘खतरनाक स्थिति’ मा पु¥याएको पनि उनले बताए । न्यूज ब्रोडकास्टर्स एन्ड डिजिटल एशोसिएशन (एनबीडीए) ले भने बहिष्कार ‘लोकतन्त्रको मूल्यमान्यता विपरीत’ भएको बताएको छ । 

समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसले असहिष्णुतालाई बढावा दिन्छ र प्रेस स्वतन्त्रतालाई खतरामा पार्छ ।”

भाजपा नेता मोदीले कार्यभार सम्हालेयता रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को विश्वव्यापी प्रेस स्वतन्त्रता वरियतामा भारत २१ स्थान तल झरेको छ र सर्वेक्षण गरिएका १८० देशमध्ये १६१ औं स्थानमा छ ।

सरकारको आलोचनात्मक रिपोर्टिङ गर्ने पत्रकारहरूले कहिलेकाहीं जेल सजायसम्म भोग्नु परेको छ र अक्सर भाजपाका समर्थकहरूले सामाजिक सञ्जालमा उनीहरूको खेदो खन्छन् । भाजपाले हिन्दू पहिचानको वकालत गरेर आफूलाई भारतको प्रमुख राजनीतिक शक्तिको रूपमा स्थापित गरेको छ ।

लामो समयदेखि प्रधानमन्त्रीका सहयोगी रहेका भारतीय उद्योगपति गौतम अडानीले गत वर्ष एनडीटिभीमा बहुमत प्राप्त गरेका थिए । आरएसएफले यो अधिग्रहणलाई ‘मूलधारका सञ्चारमाध्यममा बहुलवादको अन्त्य’ को सङ्केतको रूपमा वर्णन गरेको छ ।

भारतीय जनता पार्टी (भाजपा) को सामाजिक सञ्जाल पहुँचमा प्रमुख राजनीतिज्ञ अमित मालवीयले बहिष्कारले आफूले लक्षित गरेका प्रस्तोतामा सकारात्मक प्रभाव परेको बताए । मालवीयले सामाजिक सञ्जालमा लेखेका छन्, “उनीहरूले यसलाई थप शक्ति सम्मानको बिल्लाको रूपमा लगाउनुपर्छ ।” 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै