• २०८१ बैशाख १५ शनिबार

जवानले घरेलु बक्स अफिसमा कमायो ३६६ करोड

kharibot

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानको फिल्म जवानले घरेलु बक्स अफिसमा ३५० करोडको आँकडा पार गरेको छ ।

जवानले रिलिजको नवौं दिन ३६६.०८ करोड कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो शुक्रबार १८ करोड १० लाख कमाई गरेसँगै ३६६ करोड भारु कमाई गरेको हो ।

त्यस्तै जवानले तामिल र तेलगु भाषामा भने शुक्रबारसम्म ४४.३५ करोड कमाई गरेको छ ।

जवान फिल्म भारतीय बक्स अफिसमा अहिलेसम्मका सबै रेकर्ड तोड्ने अनुमान गरिएको छ । अहिलेसम्म सबैभन्दा बढी कमाई गर्ने रेकर्ड शाहरुखकै फिल्म पठानको नाममा छ,  जसले ५४३.०५ करोड भारु कमाई गरेको थियो । त्यस्तै त्यसपछि गदर-२ ले ५१७ करोड कमाई गरेको छ र तेस्रो स्थानमा बाहुबली-२ ले ५१० करोड कमाई गरेको छ ।

फिल्म ‘जवान’मा शाहरुख खान बाहेक दीपिका पादुकोण, नयनथारा, विजय सेतुपति, प्रियामणि, सान्या मल्होत्रा, सुनील ग्रोवर जस्ता कलाकारहरुको अभिनय रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै