बाँके । बाँकेमा पूर्व-पश्चिम राजमार्गमा बम पडकिएको छ ।
शनिबार राति बाँकेको राप्ती सोनारी गाउँपालिका-९ ढकरी नजिकैको सडकमा बम पड्किएको प्रहरीले जनाएको छ ।
प्रहरीले द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको अनुमान गरेको छ । विष्फोटबाट कुनै क्षति भने नभएको प्रहरीले जनाउदै अहिले अनुसन्धान गरिरहेको बताएको छ ।