• २०८१ बैशाख १७ सोमबार

संविधान दिवसमा एमालेले 'राष्ट्रिय झण्डासँग सेल्फी' कार्यक्रम गर्ने

kharibot

काठमाडौँ । नेकपा एमालेले यस वर्षको संविधान दिवसको अवसरमा 'राष्ट्रिय झण्डासँग सेल्फी' कार्यक्रम गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक भिडियो सन्देश जारी गर्दै जनस्तरमा संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रमका लागि काठमाडौंको नारायण चौरमा बुधबार बिहान ७ उपस्थितिका लागि आह्वान गरेका छन् ।

ओलीले भनेका छन्- 'हाम्रो हक संविधानमा लेखिएको दिन असोज ३ को मर्निङ वाक नेसनल वाक गरौं । सेल्फी विथ नेसनल फ्ल्यागका लागि असोज ३ गते नारायणचौर आउनु हो । जनस्तरबाटै भव्यस्तरमा मनाऔं।'

अघिल्लो वर्ष एमालेले संविधान दिवसको अवसरमा २०७९ असोज १ गते नै मर्निङ वाक गर्दै आमनिर्वाचनको अभियान सुरु गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय