• २०८१ बैशाख १६ आइतबार

अस्ट्रेलियाविरुद्धको सिरिज खेल्ने भारतीय टिमको घोषणा, आश्विनको कमब्याक

kharibot

काठमाडौँ । भारत र अष्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय सिरिजका लागि भारतीय टोलीको घोषणा गरिएको छ ।

मुख्य चयनकर्ता अजित आगरकरले पहिलो दुई एकदिवसीय खेलका लागि फरक टोली छनोट गरेका छन् भने तेस्रो एकदिवसीयका लागि छनोट भएको टोलीमा विश्वकप टोलीमा रहेका खेलाडीलाई मात्रै मौका दिइएको छ ।

तर, रविचन्द्रन आश्विन तीनवटै एकदिवसीय खेलका लागि टोलीमा छन्। उनी लामो समयपछि एकदिवसीय टोलीमा फर्किएका छन् । उनले आफ्नो अन्तिम एकदिवसीय खेल जनवरी २०२२ मा खेलेका थिए । जुन २०१७ मा भारतीय एकदिवसीय टोलीबाट बाहिरिएपछि अश्विनले पछिल्लो ६ वर्षमा दुई ओडीआई खेल मात्र खेलेका छन्। अक्षर पटेल तेस्रो एकदिवसीयका लागि टोलीमा छन्, तर उनको फिटनेसमा भने शंका छ । यदि उनी फिट भएनन् भने अश्विन वा वासिङ्टन सुन्दरलाई विश्वकप टोलीमा मौका मिल्न सक्छ ।

पहिलो दुई खेलका लागि भारतको टिम: 

केएल (कप्तान/विकेटकीपर), रविन्द्र जडेजा (उपकप्तान), शुभमन गिल, रुतुराज गायकवाड, श्रेयस अय्यर, इशान किशन, सूर्यकुमार यादव, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, मोहम्मद शमी, तिलक वर्मा, प्रशिद्ध कृष्ण, आर आश्विन, वाशिंगटन सुन्दर ।

तेस्रो खेलको लागि भारतीय टिम: 

रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), शुभमन गिल, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), इशान किशन, सूर्यकुमार यादव, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, मोहम्मद शामी, विराट कोहली, कुलदीप यादव, अक्षर पटेल (फिट भएमा), आर अश्विन, वाशिंगटन सुन्दर ।

एकदिवसीय विश्वकपको तयारीका हिसाबले दुवै टोलीका लागि यो सिरिज निकै महत्वपूर्ण छ । यो सिरिजमा दुवै टोली विश्वकपको तयारीलाई अन्तिम रूप दिन चाहन्छन् । यस सिरिजको पहिलो खेल २२ सेप्टेम्बरमा मोहालीमा हुनेछ । दोस्रो खेल २४ सेप्टेम्बरमा इन्दौरमा र तेस्रो खेल २७ सेप्टेम्बरमा राजकोटमा हुनेछ । यसपछि यी दुई टोली अक्टोबर ८ मा विश्वकपमा आमनेसामने हुनेछन् । भारत र अष्ट्रेलियाले सन् २०२३ को एकदिवसीय विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरेर आफ्नो अभियानको सुरुवात गर्नेछन् ।

यस सिरिजका लागि अस्ट्रेलियाली टोलीको घोषणा भइसकेको छ । सिनियर खेलाडी अष्ट्रेलियाको टोलीमा फर्किएका छन् । नियमित कप्तान प्याट कमिन्स, स्टिभ स्मिथ, मिचेल स्टार्क र ग्लेन म्याक्सवेल छनोट भएका छन् । कमिन्स, स्मिथ, स्टार्क र म्याक्सवेल चोटका कारण दक्षिण अफ्रिकाविरुद्धको शृंखला खेल्न सकेक थिएनन् भने चोटग्रस्त ट्राभिस हेड १८ सदस्यीय टोलीमा परेका छैनन् । ट्राभिस हेडको स्थानमा आएका मार्नस लाबुसचेनलाई टोलीमा राखिएको छ ।

अष्ट्रेलिया टोली: प्याट कमिन्स (कप्तान), सेन एबोट, एलेक्स केरी, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, जोश इंग्लिश, स्पेन्सर जोन्सन, मार्नस लाबुस्चेन, मिचेल मार्स, ग्लेन म्याक्सवेल, तनवीर सांघा, म्याट सर्ट, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस , डेभिड वार्नर, एडम जाम्पा ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय