• २०८१ बैशाख १६ आइतबार

जिल्ला प्रशासन कार्यालय धनकुटाको भवन निर्माण अन्तिम चरणमा 

kharibot

धनकुटा । धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ  ।

गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजारको लागतमा उक्त साढे तीनकोठे भवन बनिरहेको हो ।

विसं २०७९ असोजबाट दुई वर्षमा काम सक्ने ठेक्का पाएको निर्माण कम्पनीले ९० प्रतिशत काम पूरा गरेको जनाएको छ ।

नयाँ भवन बनेपछि नागरिकलाई सेवा दिन सहजता हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै