• २०८१ बैशाख १६ आइतबार

एकीकृत समाजवादीको ‘समाजवाद जागरण यात्रा’ मेची नदीबाट सुरु हुने

kharibot

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले यही १४ असोजदेखि ‘समाजवाद जागरण यात्रा’ झापाको काँकडभिटास्थित मेची नदीबाट सुरु गर्ने भएको छ ।

पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण देशव्यापीरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिने यात्रा असोज २९ गते पश्चिम महाकाली पुगेर सकिनेछ । जागरण यात्रालाई व्यवस्थित र सफल बनाउन उपमहासचिव डा विजय पौडेलको संयोजकत्वमा ‘समाजवाद जागरण यात्रा’ व्यवस्थापन समिति गठन गरिएको छ ।

समाजवाद जागरण यात्रामाथि प्रकाश पार्न असोज १३ गते काँकडिभिट्टामा पत्रकार सम्मेलन गर्ने, सोही दिन काँकडभिट्टामा सडक नाटक मञ्चन गर्ने र ५ बजेदेखि ७ बजेसम्म स्थानीय पार्टी बैठक गरिनेछ ।

समाजवाद जागरण यात्राले असोज १५ गते बिहान इटहरीमा विषयगत छलफल, १० देखि ११ बजेसम्म इटहरी सभा, २ बजे इनरुवामा कोणसभा र ३ बजे कोशी ब्यारेजबाट बिदा हुने कार्यक्रम तय गरिएको छ ।

यात्राका क्रममा मुलुकमा विकसित राष्ट्रिय राजनीतिका बारे जनतालाई जानकारी गराउने, समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्र्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिनेछ ।

पार्टी महासचिव घनश्याम भुसालका अनुसार अभियानका क्रममा जनताबाट प्राप्त सुझावलाई समेटेर पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना निर्माण गरिने छ । राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन नेकपा (एमाले) सँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको विषय, जनजीविका, सामाजिक रूपान्तरणका लागि पार्टीले गरेका गतिविधि अभियानका क्रममा जनतालाई बुझाइनेछ ।

विभिन्न ठाउँमा छलफल गर्दै पश्चिम महाकालीमा पुगेर असोज २९ गते अन्तिम कार्यक्रम गरिनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै