• २०८१ बैशाख २२ शनिबार

अमेरिकामा एन्थोनी साञ्चेजलाई २७ वर्षअघिको अपराधमा आज मृत्युदण्ड दिँदै

kharibot

अमेरिका । २७ वर्षअघि एक जना नृत्य छात्रालाई मारेको अभियोगमा दोषी ठहर भएका ४४ वर्षीय एन्थोनी साञ्चेजलाई बिहीबार बिहान मृत्युदण्ड दिइदै छ ।

वर्षौसम्म हत्याबारेमा स्पष्ट जानकारी नभएपछि अपराध भएको स्थानबाट सुरक्षा निकायले डिएनए सङ्कलन एवं परीक्षण गरेर साञ्चेजमाथि हत्या अभियोगमा मुद्दा चलाएको थियो ।

ओक्लाहोमा कारागारमा रहेका उनलाई आज बिहान दश बजे तीन वटा घातक सुइ लगाएर प्राणदण्ड दिइनेछ । साञ्चेजले सम्भावित आममाफीको विकल्पलाई त्यागेर मृत्युलाई स्वीकार गरेका छन् ।

राज्यको आममाफी तथा मुक्ति परिषद्मा आवेदन गर्न अस्वीकार गरेर उनले जीवनप्रतिको वितृष्णा प्रस्तुत गरेका उनका धेरै आफन्तले बताएका छन् ।

यद्यपि उनका वकिलले मृत्युदण्ड रोक्न गरेको अपीललाई अदालतले अस्वीकार गरेको थियो ।

अदालतले सान्चेजलाई अर्कान्सास निवासी २१ वर्षीया जुली बुस्केनलाई बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर गरेको थियो ।

सन् १९९६ को डिसेम्बर २० मा नर्मन अपार्टमेन्ट कम्प्लेक्सको पार्किङ स्थलबाट अपहरणमा परेकी उनको शव त्यसैदिन साँझ नर्मन अपार्टमेन्टबाट धेरै टाढा दक्षिणपूर्वी ओक्लाहोमा शहरको ताल नजिकै फेला परेको थियो ।  हातखुट्टा बाँधिएको र टाउकोमा गोली हानेर मारिएको अवस्थामा बुस्केनको शव भेटिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै