• २०८१ बैशाख १८ मंगलबार

यू- १९ साफ च्याम्पियनसिपमा भारतको विजयी शुरुवात

kharibot

काठमाडौँ । काठमाडौँमा आजदेखि शुरु भएको यू- १९साफ च्याम्पियनसिपमा भारतले विजयी शुरुवात गरेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलमा भारतले बंगलादेशलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

यो जितपछि समुह बी मा भारतले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । समुह बी मा भारत र बंगलादेशका अलावा भुटान रहेको छ ।

यू-१९ साफ च्याम्पियनसिपमा नेपाल भने समुह ए मा रहेको छ । समुह ए मा नेपालसहित पाकिस्तान र माल्दिभ्स रहेका छन् । नेपालले आजै दशरथ रंगशालामा पाकिस्तानविरुद्ध साढे ५ बजेदेखि शुरु हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै