• २०८१ बैशाख १६ आइतबार

महाकवि देवकोटालाई स्मरण गर्दै बालेनको शिक्षकहरुलाई व्यंग्य

kharibot

काठमाडौँ । अन्दोलनरत शिक्षकहरुले काठमाडौँका सडकपेटीका बोटबिरुवामा नोक्सान गरेपछि काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले महाकवि लक्ष्मिप्रसाद देवकोटाको कविता स्मरण गर्दै व्यंग्य गरेका छन् । 

शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुको काठमाडौँ केन्द्रीत आन्दोलनका क्रममा शिक्षकहरुले माइतीघर देखि बानेश्वरसम्मका  सडकका पेटीमा रहेका हरियाली संरचनामा क्षति पुर्याएका छन् ।  

बालेनले क्षति पुगेको हरियाली घाससहितको तस्बीरसहित महाकवि देवकोटाको कविता उदृत गर्दै व्यंग्य गरेका छन् ।

बालेनले लेखेका छन्- 

सामाजिक सञ्जालमा बालबालिकालाई पढाउने शिक्षकहरुको आन्दोलनका कारण सो क्षेत्र फोहोर भएको र बोटविरुवामा क्षतिपुगेको भन्दै आलोचना समेत भएको छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै