• २०८१ बैशाख १५ शनिबार

बक्स अफिसमा भिड्दै अभिनेत्री सेनन दिदीबहिनी !

kharibot

काठमाडौँ । अहिलेकी चर्चित बलिवुड अभिनेत्री कृति सेनन र उनकी बहिनी नुपुर सेननको फिल्म एकै दिन रिलिज हुने भएको छ ।

आगामी अक्टोबर २० मा सेनान दिदी बहिनीको फिल्म रिलिज हुने भएको हो । कृतिको फिल्म ‘गणपथ’ आउदै छ भने उनकी कान्छी बहिनी नुपुर सेननको डेब्यू फिल्म 'टाइगर नागेश्वर राव'  पनि अक्टोबर २० मा सिनेमा हलमा रिलिज हुदै छ । 

आफ्नो आगामी फिल्मको पोस्टर सेयर गर्दै कृतिले क्याप्सन लेखेकी छिन्– सनन सिस्टर्स । आफ्नो फिल्मको पोस्टर सेयर गर्दै नुपुरले क्याप्सन लेखेकी छिन्– सनन भर्सेस सनन २० अक्टोबरमा हुन लागेको छ, योभन्दा खुसीको कुरा मेरो लागि के हुन सक्छ ।

फिल्म गणपथमा कृति फेरी एक पटक टाइगर श्राफसँग देखिदै छन् । यस फिल्ममा अमिताभ बच्चन र एली अवरामको पनि अभिनय रहेको छ । यस फिल्मलाई विकास बहलले निर्माण र निर्देशन गरेका हुन् भने यो फिल्मको धेरै सिरिज बनाइने निर्माण पक्षले जानकरी दिएको छ । 

त्यस्तै ‘टाइगर नागेश्वर राव’ भने ठूलो बजेटको साउथ फिल्म हो । यस फिल्ममा साउथ सुपरस्टार रवि तेजा नुपुरसँग खतरनाक स्टाइलमा देखिएका छन् । यो एक प्यान इन्डिया फिल्म हुनेछ जुन ४ भाषामा रिलिज हुनेछ । फिल्मको कथा सत्य घटनामा आधारित छ ।

२०२० मा नुपुर सेनन पहिलो पटक अक्षय कुमारसँग म्युजिक एल्बम ‘फिलहाल’ मा देखिएकी थिइन् । यस गीतमा बी प्राकले आफ्नो स्वर दिएका थिए । यो गीत सुपरहिट भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै