• २०८१ बैशाख १६ आइतबार

सिरी ए मा इन्टर मिलानको लगातार पाँचौं जित

kharibot

काठमाडौँ । इटालियन सिरी ए मा इन्टर मिलानले लगातार पाँचौं जित हासिल गरेको छ ।

आइतबार सम्पन्न खेलमा इन्टर मिलानले एम्पोलीलाई १-० गोल अन्तरले पराजित गर्दै लिगमा लगातार पाँचौं जित हासिल गरेको हो ।

इन्टर मिलानको जितमा खेलको ५१औं मिनेटमा फेडेरिको डिमार्कोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि इन्टर मिलानको ५ खेलमा १५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी एम्पोलीको भने यस सिजनमा यो लगातार पाँचौं हार हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै