• २०८१ जेठ २ बुधबार

बालसुधार गृहको अनुगमन सुरु

kharibot

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले देशभरका बालसुधार गृहको अनुगमन प्रारम्भ गरेको जनाएको छ ।

आयोगले हालै भक्तपुर, बाँके, पर्सालगायतका जिल्लास्थित बालसुधार गृहमा विभिन्न विषयलाई लिएर भएका तोडफोड, झडप र उक्त घटनाबाट बालसुधार गृहका बालकको मृत्यु भएको एवं केही बालक घाइते भएको घटनाको अनुगमन प्रारम्भ गरेको हो ।

आयोगले मोरङ, पर्सा, मकवानपुर, भक्तपुर, कास्की, रुपन्देही, बाँके र डोटी जिल्लाका आठवटै बालसुधार गृहहरुको अवस्था अनुगमन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्नका लागि आयोगका सबै प्रदेश तथा प्रदेश शाखा कार्यालयलाई पत्राचार गरेको छ ।

भक्तपुरको मध्यपुरस्थित बालसुधार गृहभित्र सामान्य बिरामी परेका कमल बस्नेतको उपचार अभावमा मिति गत भदौ ३ गते मृत्यु भएको र उक्त विषयलाई लिएर बालसुधार गृहका बालकको समूहले ढुङ्गामुढा तथा तोडफोड गरी सुधार गृहबाट भागेका थिए । बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा केही दिन अघि दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका रुपन्देहीका सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना घाइते भएको विभिन्न माध्यमबाट आयोगलाई जानकारी प्राप्त भएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।

त्यसैगरी, पर्सा र कास्कीस्थित बालसुधार गृहमा समस्या देखिएको आयोगले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै