काठमाडौँ । आइपिएल अन्तर्गत मुम्बई इण्डियन्सले सनसनीपूर्ण जित हासिल गर्दै प्लेअफमा आफ्नो सम्भावनालाई जिवितै राखेको छ ।
गएराती भएको खेलमा किंग्स इलेभेन पंजावविरुद्ध ३ रनको जित हासिल गर्दै प्रतियोगितामा आफ्नो सम्भावना जिवितै राखेको हो ।
मुम्बईले दिएको १८७ रनको लक्ष्य पछ्याएको पंजाव २० ओभरमा ५ विकेट गुमाउदै १८३ रन मात्र बनाएपछि मुम्बईले खेल ३ रनले जितेको हो ।
मुम्बईको जितमा हिरो बेनेका छन् बलर जसप्रित बुम्राह । बुमराहले ४ ओभरमा केबल १५ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै अर्का बलर म्याकघेलनले २ विकेट लिएका थिए ।
पंजावकालागि केएल राहुलले सर्वाधिक ९४ रन बनाएका थिए भने एरोन फिंचले ४६, क्रिस गेलले १८ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १८६ रन बनाएको थियो । मुम्बईका लागि केरोन पोलार्डले सर्वाधिक ५० रन बनाए भने क्रुनाल पाण्डेयले ३२, सूर्यकुमार यादवले २७ र इशान किशनले २० रन बनाएका थिए ।
खेलको म्यान अफ द म्याच मुम्बईका जसप्रित बुमराह बनेका थिए ।
जितपछि मुम्बईको १३ खेलमा १२ अंक भएको छ भने राम्रो रनरेटका कारण मुम्बई तालिकामा चौथो स्थानमा उक्लिएको छ । पंजावको पनि १३ खेलमा १२ अंक नै भएपनि कम्जोर रन रेटका कारण छैठौ स्थानमा झरेको छ ।
आइपिएलको आजको खेल रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादबीच हुदै छ ।