• २०८१ बैशाख १५ शनिबार

पाँचौ हारपछि एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी, ६६ रनले हार्यो भारत

kharibot

काठमाडौँ । अस्टेलियाले लगातारको पाँचौं हारपछि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको छ ।

भारतविरुद्धको एकदिवसीय सिरिज अन्तिम खेलमा अस्ट्रेलियाले ६६ रनको जित हासिल गर्दै हारको सिलसिलालाई रोकेको हो । यसअघि अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध ३ र भारतसँग २ खेलमा लगातार हार बेहोरेको थियो । 

अस्ट्रेलियाले दिएको ३५३ रनको लक्ष्य पछाएको भारत ४९.४ ओभरमा अल आउट हुदै २८६ रन बनाए पछि खेल अस्ट्रेलियाले ६६ रनले जितेको हो । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउदै ३५२ रन बनाएको थियो ।

यो खेल अस्ट्रेलियाले जितेपनि भारतले एकदिवसीय सिरिज भने २-१ ले जितेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै