खाना पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार

खरीबोट
ad

रुपन्देही ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा बुधबार बेलुका एक व्यक्तिमाथि गोली प्रहार भएको छ । 

जिल्लाको दक्षिण क्षेत्र मर्चवार कोटहीमाई गाउँपालिका– १ घर भएका अन्दाजी ४१ वर्षीय रामकेश धवललाई तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा अज्ञात समूहले गोली प्रहार गरेको हो । 

स्थानीय एक व्यक्तिको घरमा दिनभरि मजदुरी गरेर बेलुकी खाना बनाउन चुलोमा रोटी पकाउँदै गरेका बेला धवललाई आक्रमणकारीले पछाडिबाट आएर ढाडमा गोली हानेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । 

घाइतेलाई उपचारका लागि क्रिमसन मणिग्राममा प्राथमिक उपचारपश्चात् युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको प्रवक्ता पाण्डेले जानकारी दिए । घाइतेको अवस्था गम्भीर रहेको छ । 

सम्बन्धित समाचार

रुपन्देहीमा सुविधा सम्पन्न बस सञ्चालनमा 

काठमाडौं । अशोक लेल्याण्ड कम्पनीका सुविधासम्पन्न बसहरु रुपन्देहीमा लुम्बिनी मेट्रो सिटीले सञ्चालनमा ल्याएको छ । एसी, सीसीटीभी, डिजिटल डिस्प्ले तथा यात्रुमैत्री सुविधा भएका बस सञ्चालनमा आएको हो ।  कम्पनीका अध्यक्ष धनबहादुर

रुपन्देहीमा बालविवाह अन्त्यका लागि बालिका बीमा

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिकामा बालविवाह अन्त्यका लागि बालिका बीमा कार्यक्रम शुरु हुन लागेको छ । गाउँपालिकाको कार्यपालिका बोर्डले बालिकाको बीमा गर्न कार्यविधि पारित गरेपछि बीमा कार्यक्रम लागू गर्न लागिएको

रुपन्देहीमा औद्योगिक ग्राम स्थापनाको तयारी

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि तयारी शुरु गरेको छ । नगरमा साना तथा घरेलु उद्योग स्थापनानका लागि उचित वातावरण व्यवस्थापन गर्न वडा नं १० मा तिलोत्तमा औद्योगिकग्राम

रुपन्देही सैनामैनामा भएको दुर्घटनामा एकको मृत्यु

बुटवल। रुपन्देही सैनामैना नगरपालिका–५ स्थित बुद्धनगरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा देवदह नगरपालिका–२ का ६० वर्षीय वीरबहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रहरी निरीक्षक


z