• २०८१ बैशाख १७ सोमबार

एक्स्ट्राटेक लिजेन्ड कप: रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाई दियो ९५ रनको लक्ष्य

kharibot

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी 'एक्स्ट्राटेक लिजेन्ड कप' को दोस्रो खेलमा रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाई ९५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको विनोद दासको कप्तानी रहेको रेस्ट अफ नेपालले १० ओभरमा ७ विकेट गुमाउदै ९४ रन बनाएको थियो ।

रेस्ट अफ नेपालका लागि विकास दलीले सर्बाधिक २१ रन बनाए भने दिपेन्द्र चौधरीले १९, पारस लुनियाले १४ र राजु बस्नेतले १० रनको योगदान दिएका थिए ।

त्यसति रुपनदेही लिजेन्ड्सका बलरसुशान मान श्रेष्ठले ३ विकेट लिएका थिए भने हरि थापा, क्रिशन कुँवर र पुनित पोखरेलले एक एक विकेट लिएका थिए ।  

यस अघि आजै सम्पन्न खेलमा २०१४ विश्वकप लिजेन्ड्सले लिजेन्ड्स ९६ टिमलाई पराजित गर्दै फाइनलमा पुगेको छ । फाइनलमा २०१४ विश्वकप लिजेन्ड्सले दोस्रो खेलको रेस्ट अफ नेपाल र रुपन्देही लिजेन्ड्सबीचको विजेतासँग खेल्ने छ । 

दोस्रो खेल पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका खेलाडी रहेको रेस्ट अफ नेपाल र रुपन्देही लिजेन्ड्सबीच हुने छ । रेस्ट अफ नेपालको कप्तानी विनोद दासले गरिरहेका छन् भने रुपन्देही लिजेण्डसको कप्तानी हरि थापाले गरिरहेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै