• २०८१ बैशाख १५ शनिबार

इनरुवा मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ

kharibot

काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवामा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले  कटुवाल र अधिकारीलाई एक लाख ५० हजार घुससहित रंगेहात पक्राउ गरेका हुन् ।

दुवैलाई घुस बापतको रकम लिइसकेको अवस्थामा इनरुवा-३ मालपोत चोकबाट शुक्रबार पक्राउ गरेर अहिले थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै