• २०८१ बैशाख १४ शुक्रबार

मलेसिया जाने कामदारलाई ठुलो राहत, बिभिन्न नाममा लिदै आएको शुल्क सरकारद्वारा खारेज 

kharibot

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारलाई ठुलो राहत दिएको छ ।

अहिलेसम्म मलेसिया जाने कामदारबाट बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्रामका नाममा असुलिदै आएको रकम अब खारेज गरेको छ ।

श्रम मन्त्री गोकर्ण विष्टले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मलेसिया जाने कामदारहरुलाई आर्थिक भार परिरहेको भन्दै बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

मन्त्री विष्टले ती संस्थाहरुहरुले गैरकानुनी भएको बताउदै उनीहरुले लिएको सबै शुल्क खारेज भएको बताएका छन् ।

मलेसिया जाने नेपाली कामदारहरुमथि बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम नाममा अतिरिक्त शुल्क बुझाउनुपर्छ । मलेसीयाको भिसा प्रोसेसका लागि एउटा कामदारको १७ हजार जति खर्च हुन्छ ।

नेपालस्थित मलेसियन दूतावासले सात सय रुपैयाँ लिन्छ । त्यस बाहेक भीएलएन नामक संस्थाले भिसा प्रक्रियाका नाममा पछिल्लो पाँच वर्षदेखि ३२ सय रुपैयाँ असुल्दै आएको छ । त्यस्तै, वान स्टप सेन्टरले राहदानी संकलनका नाममा २८ सय रुपैयाँ संकलन गर्छ । माइग्राम नामको संस्थाले पनि विगत दुई वर्षदेखि नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिकामदार ३२ सय रुपैयाँ शुल्क उठाउँदै आएको छ भने वायोमेट्रिकका नाममा अर्को ४५ सय रुपैयाँ बुझाउनुपर्छ ।

एक पक्षीय ढंगबाट मलेसिया जान ३९ वटा स्वास्थ्थ संस्थामा स्वास्थ्य परीक्षण गर्न तोकिएको र त्यसलाई हटाइ स्वास्थ्थ मन्त्रालयले तोकेका र मन्त्रालयमा सुचीकृत भएका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने ब्यवस्था मिलाइने मन्त्री विष्टले बताए।

मन्त्रालयले निर्णय गरेर कुटनीतिक पहल थाल्नका लागि परराष्ट्र मन्त्रालयमा पठाइएको छ।

मन्त्री बिष्टले भने ‘मलेसियामा पनि सरकार परिवर्तन भएको छ, कामदारलाई आर्थिक भार पर्ने निर्णय हटाइएकोमा मलेसियन सरकारले पनि साथ दिन्छ भन्ने हाम्रो विश्वास छ ।’

श्रममा लिने र दिनेबीच सहमति हुनुपर्नेमा एक पक्षीयबाट नेपालमा बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम लागु भएको भन्दै श्रम सचिव महेश प्रसाद दाहालले त्यसलाई सच्चाउनका लागि मलेसियन सरकारलाई आग्रह गरिने बताए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै