• २०८१ बैशाख २३ आइतबार

अनमोल केसीलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगियो

kharibot

काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका अभिनेता अनमोल केसी म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लागिएको छ ।

यस अघि अनमोलसँग प्रहरीले बयान लिएको थियो । बयानका क्रममा अनमोलले फिल्मको स्क्रिप्ट मन नपरेर कम नगरेको तथा आफुले लिएको १० लाख फिर्ता गर्न खोज्दा निर्माताले नबुझेको जवाफ दिएको प्रहरी स्रोतले जनाएको छ ।

अनमोललाई ठगीको आरोपमा प्रहरीले शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो  ।

फिल्म ‘रावायण’ मा काम गर्न एडभान्स रकम १० लाख लिएपछि अन्तिम समयमा फिल्ममा काम गर्न अस्वीकार गरेको भन्दा फिल्मको  निर्माण पक्षले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै