• २०८१ बैशाख २३ आइतबार

हाजिरी जमानीमा छुटे अनमोल केसी

kharibot

काठमाडौँ । अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् ।

अनमोललाई आइतबार साँझ हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी उनकै सहोदर काका उज्ज्वल केसीको जिम्मा दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथ प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था नरहेको र भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मा छोड्न सक्ने कानूनी व्यवस्था भएअनुसार जिम्मा जमानीमा छाडिएको हो । 

यसअघि आइतबार नै जिल्ला अदालत काठमाडौँले आइतबार अभिनेता केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

अनमोललाई ठगी तथा अपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो  ।

फिल्म ‘रावायण’ मा काम गर्न एडभान्स रकम १० लाख लिएपछि अन्तिम समयमा फिल्ममा काम गर्न अस्वीकार गरेको भन्दा फिल्मको  निर्माण पक्षले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै