• २०८१ बैशाख २३ आइतबार

बाग्मती प्रदेश सभा बैठक स्थगित

kharibot

हेटौंडा । बिबादका बिचमा हिजो स्थगित भएको बागमती प्रदेश सभा बैठक आज पनि सुचारू हुन सकेन् । प्रतिपक्षी नेकपा एमालेले बिरोध जनाए पछि हिजोको बैठक सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए ।

पछि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो। तर, मंगलबार पनि बैठक बस्न नसके पछि बुधवार ४ बजेका लागिसम्म स्थगित गरिएकाे छ । 

प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले साेमबारकाे बैठकमा अबरोध गरेको थियाे । 

त्यसपछि बागमती प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद स्थगित गरिएको जनाएको थियाे तर मंगलबार पनि बैठक सुचारू नै नभइ स्थगित गरिएकाे छ । 

सो बिधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक फिर्ता गरिदिएका थिए । गत जेठ ७ गते पुनः संसदमा फिर्ता भएको उक्त बिधेयकमा भएका त्रुटिहरू सच्याउन सुझाव सहित पुनः छलफलका लागि प्रदेश प्रमुख शर्माले संसदमा फिर्ता पठाएका थिए ।

तर, सोही फिर्ता भएको चिठ्ठा विधेयक सरकारले एकाएक सोमबारको बैठकमा पेश गर्न खोजे पछि हिजोको बैठकमा घम्साघम्सी भएको हो । एमालेले प्रदेश प्रमुखको सुझाव समेटेर मात्रै विधेयक संसदमा पेश गर्न भने पनि प्रदेश सरकारले जस्ताको तस्तै पुनः ल्याए पछि संसदमा घम्साघम्सी भएको हो । अब प्रदेशसभा बैठक बुधबार ४ बजे बस्ने गरी बाेलाइएकाे छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै