• २०८१ बैशाख १५ शनिबार

कानुनमन्त्री गुरुङलाई ओलीको कटाक्ष- बुथ कब्जा सदर गर्नेलाई न्यायाधीश उपहार !

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानूनमन्त्री घनराज गुरुङलाई कटाक्ष गर्दै बुथ कब्जा सदर गर्नेलाई न्यायाधीशको उपहार दिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले बुथ कब्जा गरेर भएको निर्वाचन धाँधलीरहित भनेर सिफारिसस गरेका निर्वाचन अधिकृतलाई न्यायाधीश बनाएको आरोप लगाएका हुन् । 

उनले भने, ‘जित्नको लागि ९९ प्रतिशत मत खसालेको छ । ९९ प्रतिशत मत खस्छ काहीँ ? दश प्रतिशत खाडीमा छन् । केही मान्छेमाथि गए ती पनि मत खसाल्न आए । कति पपुलर पितृले पनि मत खसाले । बुथ कब्जा गराउने अधिकृतलाई न्यायाधीशमा नियुक्त गरेर पुरस्कृत गरियो । अब ती न्यायाधीशबाट न्याय सम्पादन कस्तो होला । उनको त बानी नै छ । मरेका मान्छेले भोट हाल्न पाइन्छ भन्ने ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै