• २०८१ बैशाख १५ शनिबार

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम

kharibot

काठमाडौँ । एशियन गेम्स खेल्न चीन गएको नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । नेपाली क्रिकेट टिम एशियन गेम्समा क्वाटरफाइनलमा भारतसँग पराजित भएपछि आज स्वदेश फर्किएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।

यस एशियन गेम्समा नेपालले पदक नजितेपनि कैयौं विश्व किर्तिमान आफ्नो नाममा गरेर फर्किएको छ । मंगोलिया विरुद्ध खेलेको खेलमा नेपालले कैयौं किर्तिमान बनाएको थियो । मंगोलियाविरुद्ध नेपालले २७३ रनको अन्तरले जित हासिल गरेको थियो भने माल्दिभ्सलाई १३८ रनले पराजति गरेको थियो ।

त्यस्तै क्वाटरफाइनलमा भारतसँग नेपाल २३ रनले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै