• २०८१ बैशाख १६ आइतबार

लिङदेनले संसदमा ज्ञानेन्द्र शाहलाई ‘राजा’ भनेर सम्बोधन गरेपछि माओवादीको आपत्ति

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘राजा’ भनेर गरेको सम्बोधन संसद्को रेकर्डबाट हटाउन नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा अध्यक्ष लिङ्देनले केही सांसदले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेको आरोप लगाएकोमा आपत्ति जनाएका थिए । उनले पूर्वराजा शाहबाट लोकतन्त्रविरोधी गतिविधिमा नभएको दाबी गर्दै भनेको थिए, ‘राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ, जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ । लोकतन्त्र विरोधी भएको छ ? म त्यसको जानकारी लिन चाहन्छु ।’

शून्य समयमै बोल्दै माओवादीका सांसद सांसद दाहालले लिङदेनले प्रयोग गरेको राजा शब्दप्रति आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे । उनले भने, ‘नेपालको संविधानले राजा चिन्दैन । भर्खरै एउटा माननीयले ‘राजा’ शब्द प्रयोग गर्नुभयो, यो सम्मानित सदनमा । यो संघीय लोकतान्त्रिक गणतान्त्मक मुलुक हो । तसर्थ राजा भन्ने शब्द संसद्को रेकर्डबाट हटाइयोस् ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै