• २०८१ बैशाख २८ शुक्रबार

पोग्वाको डोपिङ टेस्ट पुन: पोजेटिभ

kharibot

काठमाडौँ । फ्रेन्च मिडफिल्डर पाउल पोग्वा डोपिङ टेस्टमा पुन: पोजेटिभ पाइएका छन् । अगस्त २० मा भएको डोपिङ टेस्टमा पोजेटिभ देखिएपछि पोग्वालाई इटालीको नेशनल एन्टी डोपिङ ट्रीबुनलले अल्पकालीन प्रतिबन्ध लगाएको थियो ।

उनले आफ्नो टेस्टको पुन विश्लेषण गर्न गरेको अनुरोध अनुसार गरिएको परिक्षणमा पनि उनी पोजेटिभ देखिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

पोग्वा प्रतिबन्धित औषधि 'टेस्टोस्तेरोने' मा पोजेटिभ पाइएका हुन् । पुन: परिक्षणमा पनि पोजेटिभ देखिएपछि उनले लामो प्रतिबन्धको सामना गर्नुपर्ने भएको छ । अब उनलाई चार बर्षसम्मको प्रतिबन्ध लाग्न सक्ने व्यवस्था रहेको छ ।

पछिल्लो समय इन्जुरी र पारिवारिक विवादका कारण पोग्वा नियमित फुटबल खेल्न सकिरहेका छैनन् । उनले युभेन्टसका लागिगत सिजनमा केवल १२ खेल मात्र खेलेका थिए । यसैबीच केहि साताअघि उनले फुटबलबाट सन्यास लिने समेत बताएका थिए ।

अब उनको भविष्य बारे उनको क्लब युभेन्टसले निर्णय लिने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै