• २०८३ जेठ १३ बुधबार

एशियन गेम्स आज समापन हुँदै, पदक तालिकामा चीन शिर्ष स्थानमा

एशियन गेम्स आज समापन हुँदै, पदक तालिकामा चीन शिर्ष स्थानमा

एशियन गेम्सको महिला ६८ केजी तौल समूहमा रजत पदक जितेकी एरिका गुरुङ

काठमाडौं । चीनको हाङ्चउमा जारी १९औं एशियन गेम्स आज समापन हुँदैछ । समापन समारोह हाङ्चउस्थित ओलम्पिक खेलकुद स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । समापन समारोह लगभग ७५ मिनेट चल्नेछ ।

एशियन गेम्समा ४८१ स्वर्ण पदकका लागि ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडीले ४० खेलका ६१ भन्दा बढी विधामा प्रतिस्पर्धा गरेका छन् ।

प्रतियोगिताको अन्तिम दिनसम्म आयोजक राष्ट्र चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ । पछिल्लो पदक तालिकाअनुसार चीन २०१ स्वर्ण, १११ रजत र ७१ कास्यसहित कुल ३८३ पदक जितेर शीर्ष स्थानमा छ।

दोस्रो स्थानको जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ कास्य पदक जितेको छ । दक्षिण कोरिया ४२ स्वर्ण, ५९ रजत र ८९ कास्यसहित तेस्रो स्थानमा छ । २८ स्वर्ण, ३८ रजत र ४१ कास्यसहित भारत चौथौ स्थानमा छ । प्रतियोगितामा नेपालले भने करातेमा एक रजत र महिला कबड्डीमा एक कास्यसहित दुई पदक मात्र जितेको छ ।

ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङले एसियाली खेलकुद समापनमा नेपालको राष्ट्रिय झण्डा बोक्ने छिन् ।

सहभागी ४५ देशमध्ये २७ देशले स्वर्ण पदक जितेका छन् । नेपालसहित ४१ देशले पदकको खाता खोलेका छन् । त्य्सैअग्री ४ देशले कुनै पदक जित्न सकेनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै