• २०८१ बैशाख १५ शनिबार

एशियन गेम्स आज समापन हुँदै, पदक तालिकामा चीन शिर्ष स्थानमा

kharibot

एशियन गेम्सको महिला ६८ केजी तौल समूहमा रजत पदक जितेकी एरिका गुरुङ

काठमाडौं । चीनको हाङ्चउमा जारी १९औं एशियन गेम्स आज समापन हुँदैछ । समापन समारोह हाङ्चउस्थित ओलम्पिक खेलकुद स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । समापन समारोह लगभग ७५ मिनेट चल्नेछ ।

एशियन गेम्समा ४८१ स्वर्ण पदकका लागि ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडीले ४० खेलका ६१ भन्दा बढी विधामा प्रतिस्पर्धा गरेका छन् ।

प्रतियोगिताको अन्तिम दिनसम्म आयोजक राष्ट्र चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ । पछिल्लो पदक तालिकाअनुसार चीन २०१ स्वर्ण, १११ रजत र ७१ कास्यसहित कुल ३८३ पदक जितेर शीर्ष स्थानमा छ।

दोस्रो स्थानको जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ कास्य पदक जितेको छ । दक्षिण कोरिया ४२ स्वर्ण, ५९ रजत र ८९ कास्यसहित तेस्रो स्थानमा छ । २८ स्वर्ण, ३८ रजत र ४१ कास्यसहित भारत चौथौ स्थानमा छ । प्रतियोगितामा नेपालले भने करातेमा एक रजत र महिला कबड्डीमा एक कास्यसहित दुई पदक मात्र जितेको छ ।

ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङले एसियाली खेलकुद समापनमा नेपालको राष्ट्रिय झण्डा बोक्ने छिन् ।

सहभागी ४५ देशमध्ये २७ देशले स्वर्ण पदक जितेका छन् । नेपालसहित ४१ देशले पदकको खाता खोलेका छन् । त्य्सैअग्री ४ देशले कुनै पदक जित्न सकेनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै