• २०८१ बैशाख १६ आइतबार

भक्तपुरबाट लागुऔषधसहित एक युवक पक्राउ

kharibot

भक्तपुर । भक्तपुर नगरपालिका-२ सानोव्यासी औद्योगिक क्षेत्र अगाडि सवारीसाधनहरुको चेकजाँच गर्ने क्रममा एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले विभिन्न सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा देकोचाबाट कालोपाटीमोडतर्फ जाँदै गरेको बा. प्रदेश ०२–०३४ प. २३२५ नं. को स्कुटी चालक भक्तपुरकै सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक बस्ने वर्ष २८ को सुशान्त अवाललाई पक्राउ गरेको हो ।

उनको स्कुटीको डिकीबाट नोर्फिन – ४५ एम्पुल, डाईजोपाम – ४५ एम्पुल, फेनेरागन – ४५ एम्पुल, प्रयोग नभएको सिरिन्ज – १ थान र प्रयोग भएको सिरिन्ज – ६ थान फेला परेको प्रहरीले जनाएको छ ।

लागुऔषध फेलापारी स्कुटीसहित नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको परिसरका सूचना अधकिृत बसन्त पाठकले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै