• २०८१ बैशाख २४ सोमबार

बेल्जियम युरोकपमा छनौट

kharibot

काठमाडौँ । बेल्जियम २०२४ को युरोकपमा छनौट भएको छ । समुह एफ अन्तर्गत गएराती सम्पन्न खेलमा बेल्जियमले अस्ट्रियालाई ३-२ गोलले पराजित गर्दै युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बेल्जियमको जितमा डोडी लुकेबाकियोले २ गोल गरेका थिए भने रोमेलु लुकाकुले एक गोल गरेका थिए ।

त्यसैगरी अस्ट्रियाका लागि कोनार्ड लाइमेर र मार्सल सावित्जरले एक एक गोल गरेका थिए ।

यस खेलमा बेल्जियमका अमाडोउ ओनानाले खेलको ७८औ मिनेटमा रातो कार्ड पाएपछि बेल्जियम १० खेलाडीमा सिमित भएको थियो ।

योजित पछि बेल्जियमको समुह एफमा ६ खेलमा १६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै अस्ट्रेलियाको ६ खेलमा १३ अंक छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै