• २०८१ बैशाख २२ शनिबार

कोशीमा कांग्रेस संसदीय दलका नेता थापाले दिए राजीनामा

kharibot

काठमाडौँ । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । काँग्रेसको प्रदेश सभापति समेत रहेका थापाले नैतिकताको आधारमा संसदीय दलको नेताबाट राजीनामा दिएको बताएका छन् । 

पार्टी र प्रदेशसभा संसदीय दलको निर्णय विपरीत विद्रोह गरेर उम्मेदवार बनेका सांसद केदार कार्कीलाई मुख्यमन्त्री मान्न पार्टी तयार भएपछि थापाले आफूले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

यस अघि मुख्यमन्त्री बनेका थापाले दुई पटकसम्म विश्वासको मत लिन प्रयास गर्दा पनि असफल भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै