• २०८१ बैशाख १६ आइतबार

स्पेन, टर्की र स्कटल्याण्ड युरोकपमा छनौट

kharibot

काठमाडौँ । स्पेन, टर्की र स्कटल्याण्ड युरोकप २०२४ का लागि छनौट भएका छन् । गएराती आ-आफ्ना खेलमा जित हासिल गरेसँगै थप तीन देशले युरोकपमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

गएराती सम्पन्न खेलमा स्पेनले नर्वेलाई १-० गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि स्पेन समुह ए मा ६ खेलमा १५ अंकसहित युरोकपमा छनौट भएको छ ।

त्यसैगरी समुह ए बाट स्कटल्याण्ड पनि युरोकपमा छनौट भएको छ । नर्वे पराजित भएसँगै स्कटल्याण्ड ६ खेलमा १५ अंकसहित युरोकपमा स्थान सुनिस्चित गर्न सफल भएको हो ।

त्यसैगरी गएराती सम्पन्न खेलमा टर्कीले लात्भियालाई ४-० गोल अन्तरले पराजित गर्दै युरोकपमा छनौट भएको छ । टर्कीको समुह डी मा ७ खेलमा १६ अंक रहेको छ । त्यस्तै यस समुहमा वेल्सले गएराती सम्पन्न खेलमा क्रोसियालाई २-१ गोल अन्तरले पराजित गर्दै ६ खेलमा १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । क्रोसियाको पनि १० अंक नै छ र तेस्रो स्थानमा छ ।

यो सहित युरोकपमा अहिलेसम्म आयोजक जर्मनीसहित ७ देश छनौट भएका छन् । जसमा बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, स्कटल्याण्ड र टर्की रहेका छन् ।

२४ देशले भाग लिने युरोकपमा २३ देश छनौट खेलबाट छानिने छन् भने आयोजक देश सिधै छानिने छ । २३ देश मध्ये २० देश १० समुहका विजेता र उपविजेता सिधै छानिने छन् भने ३ देश सविया समुहका तेस्रो हुने देशबाट प्लेअफ खेलेर छानिने युइएफएले जनाएको छ ।

मिनी विश्वकप भनिने युरोकप आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै